सुदुरपश्चिम प्रदेश सांसद चौधरी अस्वस्थ, प्रदेश प्रमुख मियाँले भेटे

  आइतबार ०६, साउन २०८१ १४:४२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

मिर्गौलामा समस्या बल्झिएपछि सांसद चौधरी लामो समयदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।आज प्रदेश प्रमुख मियाँले उनको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री समेत भइसकेका छन् । अहिले पार्टी केन्द्रीय उपाध्यक्ष समेत उनी हुन् । प्रदेश प्रमुखसँगको भेटका उनले उपचारमा आर्थिक समस्या उत्पन्न हुन थालेको बताएका थिए । 

प्रदेश प्रमुख मियाँले उपचारमा समस्या आउन नदिने भन्दै सांसद चौधरीलाई उपचारमा केन्द्रित हुन आग्रह गरेका थिए । एक दशक पहिले मिर्गौला प्रत्यारोपण गरेका चौधरीले अहिले भर्ना भएर उपचार गरिरहेका छन् ।

clock आइतबार ०६, साउन २०८१ १४:४२

प्रतिक्रिया