कुर्सीमोहका कारण मुख्यमन्त्री सोडारीलाई सरकार छाड्न सकस

  आइतबार ०६, साउन २०८१ १४:३८

धनगढी । अल्पमतमा परेको १७ दिन बितिसक्दासम्म सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकार छोडेका छैनन् । बिश्वासको मत पाउने कुनै आधार नरहँदापनि सत्तामै रहेका सोडारी अँझै अध्यादेशबाट बजेट पास गर्ने दाउमा छन् ।

प्रदेश सरकारले ल्याएको बजेट फेल भइसकेर बजेट शुन्यताको अवस्थामा पुगिसकेपनि मुख्यमन्त्रीले नत बजेट पास गर्ने आँट गरिरहेका छन्, नत सरकार छोड्न नै तयार छन् ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलश्रोत तथा सहरी बिकास मन्त्री अक्कल रावलले बजेट पास हुन नसके अध्यादेशबाट भए पनि बजेट ल्याउने दावी गरे । राजश्व संकलन रोकिएको छ । त्यसलाई सुचारु गर्न हामी लागि परेका छौं । बिश्वासको मत नलिदासम्म अल्पमतमा परेको भन्न नमिल्ने उनको तर्क छ । 

हामी विश्वासको मत लिन्छौं उनले भने “त्यसपछि अल्पमतमा परेका रहेछौं भने सरकार छोडौंला तर अहिले यसपछिको सरकारको कसको नेतृत्वमा बन्ने, त्यो सरकार कहिले बन्ने, त्यसले कहिले बजेट ल्याउने, यी कुराको कुनै टुंगो छैन । त्यसैले अध्यादेशबाट बजेट ल्याउने तयारी भईरहेको छ । हामी तयारी अवस्थामै छौं । अध्यादेश सरकारले ल्याउने संबैधानिक प्रावधान छ । हामी संविधानको परिधिभीत्र रहेर काम गरिरहेका छौं ।”

अल्पमतमा परिसकेरपनि सरकारमै टाँसिरहेको बिषयमा उनले सबै कुरा विधी अनुसार नै भईरहेको दावी गरे । संविधान सर्वोपरि हो, हामी संविधार बाहिर गएर केही पनि गरिरहेका छैनौ उनले भने “अब विश्वासको मतका लागि ३० दिनका समय त संविधानले नै दिएको छ नी,हामी प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने कुरामा गम्भिर भएर लागेका छौं ।”

clock आइतबार ०६, साउन २०८१ १४:३८

प्रतिक्रिया