सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक आह्वान, प्रदेश प्रमुखले पठाए पत्र

  शनिबार ०५, साउन २०८१ ०७:५२

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक तिहाइ बढी सांसदहरूले विशेष अधिवेशनको माग गरेका छन् । उनीहरूद्ये प्रदेश प्रमुख नजिर मियाँसमक्ष लिखित आग्रह गरेका हुन् । बजेट अधिवेशन अन्त्यको भोलिपल्टै कांग्रेस र एमालेका २१ जना सांसद उपस्थित भएर अधिवेशन आव्हानको माग गरेका हुन् ।

प्रदेशमा वर्षाले ठूलो क्षति पुर्‍याएको तर, राहत९उद्धार, क्षतिपूर्तिलगायतमा सरकारले कुनै काम नगरेको भन्दै संसद् आह्वानको माग गरिएको कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

‘प्रदेशमा एक वर्षका ४७ जनाले विपद्का कारण ज्यान गुमाएका छन् । पछिल्लो वर्षले ५ जनाको मृत्यु भएको छ तर, प्रदेश सरकारलाई कुनै मातहत छैन ।

संविधानको धारा १८३ मा प्रदेशसभाको अधिवेशन आह्वान र अन्यको सम्बन्धी व्यवस्था रहेको छ । उपदफा ३ मा ‘प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ । यसरी तोकिएको मिति र समयमा प्रदेश सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने व्यवस्था छ ।

साथै प्रदेशसभा नियमावली २०८० मा संवैधानिक व्यवस्थालाई अंगीकार गरेको छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकार जिम्मेवार हुनुपर्नेमा थप गैर जिम्मेवार भएको हुँदा अधिवेशन आह्वान गर्न आग्रह गरेको बताए ।

‘अहिले अल्पमतको सरकार चलिरहेको छ । जनतामा पीडामा छन् । जनताको सरकारलाई कुनै चासो छैन बजेट पारित गर्न नसक्दा मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने हो तर मुख्यमन्त्री लाई चासो छैन् ।

सरकारको सिफारिसमा मुख्यमन्त्री नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा बैठक अन्त्य गरेका थिए । प्रदेश प्रमुखले संविधानअनुसार एक तिहाइ बढि सांसदले बैठक आह्वान गर्न लिखित आग्रह गरेपछि बैठक आह्वानको पत्र प्रदेशसभा सचिवालयका पठाएका छन् । प्रदेश प्रमुखले संविधान अनुसार पठाएको पत्र अनुसार नै बैठक आह्वानको तयारी प्रदेश सभा सचिवालयले गरेको जनाएको छ ।

clock शनिबार ०५, साउन २०८१ ०७:५२

प्रतिक्रिया