लर्ड बुद्ध एजुकेसनले धनगढीका विद्यार्थीलाई ४४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिने

  बुधबार ०२, साउन २०८१ २१:१४

काठमाडौं । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ लर्ड बुद्ध एजुकेसन फाउडेसन (एलबीईएफ) र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक साझेदारी भएको छ । धनगढीका युवालाई सूचना प्रविधियुक्त बनाउन यी संस्थाले हालै यस्तो साझेदारी गरेका हुन् । 

यस साझेदारी मार्फत कलेजले धनगढी उपमहानगरपालिकाका विद्यार्थीहरूलाई ४४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका साथै वार्षिक रूपमा ११/१२ कक्षाका शिक्षकहरूलाई तालिमसमेत सञ्चालन गर्ने भएको छ ।

यसले विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्ने तथा वृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको कलेजले जनाएको छ ।

त्यस्तै शिक्षक तालिममा नवीनतम् प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण लगायत विभिन्न क्षेत्र समेटिने छन् । यसले धनगढी उपमहानगरभित्रका युवालाई सूचना प्रविधियुक्त बनाउन समेत भूमिका खेल्ने बताइएको छ ।

clock बुधबार ०२, साउन २०८१ २१:१४

प्रतिक्रिया