प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

  बुधबार ०२, साउन २०८१ १६:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए । बुधबार औपचारिक पत्र गएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७)० र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने बताएका छन् ।

clock बुधबार ०२, साउन २०८१ १६:०४

प्रतिक्रिया