कैलालीको अत्तरियामा वेवारिसे शव भेटियो

  मङ्गलबार ०१, साउन २०८१ २०:५८

धनगढी । कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । गोदावरी नगरपालिका(२ अत्तरिया बसपार्क नजिकै करिब ५०/५२ बर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

आज दिउँसो स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । शव घटनास्थलबाट सेती प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिएका छन् ।

शवको पहिचान हुन बाँँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

clock मङ्गलबार ०१, साउन २०८१ २०:५८

प्रतिक्रिया