कञ्चनपुरको लालझाडीमा आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा

  मङ्गलबार ०१, साउन २०८१ १२:०४

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

लालझाडी गाउँपालिका विभिन्न प्रकोपहरूको जोखिममा रहेको र विशेष गरी बाढीको जोखिममा रहेकाले उक्त प्रकोप न्यूनीकरण गर्नका लागि सूचनामा समुदायको पहुँच पुर्‍याई समुदायको विपद् जोखिम न्यूनीकरण गर्न आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।

गाउँपालिकाको समन्वयमा निड्स नेपाल र मर्सिकोर नेपालसँगको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो । 

आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न एमरेड कार्यक्रमले कम्प्युटर प्रिन्टर सहितका करिब १ लाख ४२ हजार मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको परियोजनाका कार्यक्रम संयोजक नवीन चन्द्र भट्टले बताए ।

clock मङ्गलबार ०१, साउन २०८१ १२:०४

प्रतिक्रिया