सुदूरपश्चिमका ३ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम

  मङ्गलबार ०१, साउन २०८१ १२:००

धनगढी । बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका ३ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुलाका साथै सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि आज सुदूरपश्चिमसहित बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

clock मङ्गलबार ०१, साउन २०८१ १२:००

प्रतिक्रिया