प्रधानमन्त्री ओलीले आगामी आइतबार देशबासीलाई सम्बोधन गर्ने

  मङ्गलबार ०१, साउन २०८१ ११:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदबाट देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।  साउन ६ गते बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतबार बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको बताए ।

ओलीले जन अपेक्षालाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन् । बेरोजगारी, आर्थिक संकट, सुशासन र सार्वजनिक सेवा डेलिभरीका विषयमा ओलीले नागरिकलाई विश्वस्त पार्न खोजेका छन् ।

सोमबार पदभार ग्रहण गरेका ओलीले आफ्नो चौथोपटकको कार्यकाललाई सम्झन योग्य बनाउने बताएका छन् ।

ओलीले मन्त्रीहरुलाई समेत एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन दिइसकेका छन् ।

नेपालको इतिहासमै पहिलो पटक २२ मन्त्रीले एकै साथ सपथ खाएका छन् यो सँगै ओलीको मन्त्रीमण्डलले पहिलो दिननै पूर्णता पाइसकेको छ ।

clock मङ्गलबार ०१, साउन २०८१ ११:३४

प्रतिक्रिया