कैलारी गाउँपालिकाले कमैया मुक्ती दिवसको अवसरमा सावन २ गते सार्वजनिक विदा

  सोमबार ३१, असार २०८१ १४:१३

धनगढी । कैलारी गाउँपालिकाले २४ओैं कमैया मुक्ती दिवसको अवसरमा सावन २ गते सार्वजनिक विदा दिएको छ ।  

गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सावन २ गते सार्वजनिक विदा दिएको हो ।

 उक्त दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा विदा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीबाट  हस्ताक्षरित सूचनामार्फत जानकारी गराइएको छ ।  

मुक्त कमैयाहरुलाई सरकारले २०५७ साल सावन २ गते मुक्ती घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले २४औं मुक्ती दिवसका अवसरमा सबै मुक्तकमैया दाजुभाईहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

clock सोमबार ३१, असार २०८१ १४:१३

प्रतिक्रिया