ओली क्याबिनेटमा सुदुरपश्चिमबाट ४ जना मन्त्री बन्दै

  सोमबार ३१, असार २०८१ ११:५१

धनगढी । नवनियुक्त प्रधानमन्त्री केपी सर्मा ओलीको टिममा सुदुरपश्चिमबाट ४ जना मन्त्री बन्न लागेका छन् । केही बेरमै राष्टपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गर्न लागेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा एमाले र काग्रेंसबाट १९ जना मन्त्री बन्ने छन् ।

प्रधानमन्त्री सहित एमालेका ९ र उप प्रधानमन्त्री सहित काग्रेंसका १० जना मन्त्री बन्न लागेका हुन् । ओली क्याबिनेटमा सुदुरपश्चिमबाट ४ जना मन्त्री बन्न लागेका छन् । काग्रेंस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा परराष्ट मन्त्री बन्ने पक्का भएको छ ।

यस्तै काग्रेंसबाटै कञ्चनपुर ३ बाट निर्वाचित रमेश लेखकले गृह मन्त्रालय सम्हाल्दै छन् । बाजुराबाट निर्वाचित काग्रेंसका सहमहामन्त्री बद्री पाण्डे संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्ने छन्, भने एमालेका तर्फबाट बैतडीका दामोदर भण्डारी उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री बन्न लागेका हुन् ।

clock सोमबार ३१, असार २०८१ ११:५१

प्रतिक्रिया