बैतडीबाट निर्वाचित दामोदर भण्डारी चौथो पटक मन्त्री बन्दै

  सोमबार ३१, असार २०८१ ११:०७

धनगढी । बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी चौथो पटक मन्त्री बन्ने भएका छन् । सचिवालय स्रोतका अनुसार भण्डारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री बन्न लागेका हुन् । 

भण्डारी यसअघि उद्योग मन्त्री भइसकेका छन् । बैतडीबाट तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भण्डारीले मन्त्री पाउने पक्का भएका हुन् ।

नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।

clock सोमबार ३१, असार २०८१ ११:०७

प्रतिक्रिया