धनगढी बिशालनगरका जिवन कञ्चनपुरमा मृत फेला

  सोमबार ३१, असार २०८१ ११:०६

धनगढी । कैलालीका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको विनोद अटो वर्कशपमा काम गर्ने ३५ वर्षीय जिवन लामा आइतवार मृत अवस्थामा फेला परेका हुन्। 

लामा भीमदत्त नगरपालिका–४ विद्युत कार्यालय अगाडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

clock सोमबार ३१, असार २०८१ ११:०६

प्रतिक्रिया