कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, रमेश लेखक गृह र आरजु परराष्ट्र मन्त्री बन्ने

  सोमबार ३१, असार २०८१ १०:५१

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालय स्रोतले छ।

नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने जनाइएको छ। बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन ।

रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम पनि टुङ्गिएको छ।

नवनियुक्त प्रधानमन्त्री ओलीको सोमबार बिहान शितल निवासमा शपथग्रहणको कार्यक्रम छ। सोही बेला सरकारमा सामेल हुने मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ।

clock सोमबार ३१, असार २०८१ १०:५१

प्रतिक्रिया