एमाले हाइकमाण्डले टुंगायोे मन्त्रीको नाम, अर्थमा विष्णु पौडेललाई पठाउने निर्णय

  सोमबार ३१, असार २०८१ ०७:०७

काठमाडौँ । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर ग्रुपका नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । प्रधानमन्त्री ओलीले सोमबार बिहान १५ जना मन्त्रीसहित सपथ लिने तयारी गरेका छन् ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए ।

clock सोमबार ३१, असार २०८१ ०७:०७

प्रतिक्रिया