नेपाल-भारत जोड्ने राजमार्ग अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द

  आइतबार ३०, असार २०८१ १५:०२

धनगढी । भारतको पलियामा सारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौं यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल(भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरी फण्टा सिमा नाकाबाट आवतजावत पूर्ण रुपमा बन्द भएको छ । गौरीफण्टा नाका भएर भारतबाट आउने नेपालीहरु टिकापुरको खक्रौला, नेपालगंजको रुपैडीया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग बगाएपछि लामो ताथा छोटो दुरीका कुनैपनि सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सिमा क्षेत्रका नेपाली वजारमा परेको छ । 

गौरिफण्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मुल्य आकासिएको छ । एक सातादेखि खाद्यान्न लगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सिमा बजार वनगवाँमा समेत खाद्यान्न लगायत सामानको अभाव भएको छ । 

उक्त बजारमा नेपालीहरुले मात्र दैनिक करोड सम्मको कारोबार गर्दैै आएको वनगवाँका व्यापारी गुड्डु सिङ गुप्ताले बताउनुभयो । गुप्ताले भन्नुभयो, ूनेपालीहरुले महँगोमा सामान खरिद गर्नु परेको छ पहिले चिनीको मूल्य ६० थियो, अहिले बढेर ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ।ू

सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट गत आइतवार देखि सुदूरपश्चिमका लागि इन्धन ल्याउन सकेको छैन । नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतवारदेखि इन्धनको आपूर्ति बन्द भएको जानकारी दिए ।

उहाँले भन्नुभयो, ूवितरणमा समस्या भएकाले नेपालगञ्जबाट ल्याउदैछौ । एक हप्तादेखि बाटो बन्द भएको छ । हामीले स्थलगत अवलोकन गरेर आएका छौं , गत आइतवारको वर्षाले सडकमा क्षति गरेको भएपनि मर्मत नभएको उनले बताए । 

पानीको सतह नघटेपछि मर्मतमा समस्या भएको हो । रुट परिवतर्नका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ। बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगञ्जबाट इन्धन ढुवानी थालेको जोशीको भनाइ छ । 

एक सातादेखि ठुलो वर्षा नहुँदा पनि भारत सरकारले अवरुद्ध सडक निर्माणमा चासो नदिएको भन्दै भारतीय सिमा बजार वनगवाँँका व्यापारीले सरकार विरुद्ध आत्रोस पोखेका थिए । 

clock आइतबार ३०, असार २०८१ १५:०२

प्रतिक्रिया