त्रिशूलीमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटियो, अझै ५८ यात्रु भेटिन बाँकी

  आइतबार ३०, असार २०८१ १०:४७

काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका यात्रुमध्ये एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षिय पुरुषको शव फेला परेको हो ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बस त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जनाको शव भएको आशंका गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ ।

उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् । घटनामा काउन्टर बाहेक बीच बाटोबाट समेत चढेका गरि ६५ यात्रु परेको देखिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

तीमध्ये   ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको छ । तीमध्ये ३ जनाको सनाखत भइसकेको छ भने अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।

clock आइतबार ३०, असार २०८१ १०:४७

प्रतिक्रिया