डडेल्धुराको तुफानडाँडाबाट ६ जना जवाडे पक्राउ

  आइतबार ३०, असार २०८१ ०९:३२

डडेल्धुरा । डडेल्धुरामा ६ जना जवाडे पक्राउ पक्राउ परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका वडानम्बर ५ तुफानडाँडाका ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐरी सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार,१ सय ५ र १ हजार १ सय ६५ पत्ति तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

clock आइतबार ३०, असार २०८१ ०९:३२

प्रतिक्रिया