धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग

  शुक्रबार २८, असार २०८१ १४:३३

धनगढी । ग्लोबल आइएमई बैंकले धनगढी उपमहानगरपालिकालाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि सो बैंकले पाँच लाख रुपैयाँको चेक नगरप्रमुख गोपाल हमालाई हस्तान्तरण गरेको हो।

छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा ग्लोबल आईएमई बैंक धनगढी शाखाले ९५ जना बालिका लागि ५ लाखको चेक उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ। 

धनगढी उप–महानगरपालिका नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा अहिलेसम्म विभिन्न संघ सस्थाहरूबाट ४५ लाख ६३ हजार २५० रुपैयाँ सहयोग प्राप्त भएको उपमहानगरले बताएको छ।

clock शुक्रबार २८, असार २०८१ १४:३३

प्रतिक्रिया