तीन–तीन महिनामा विश्वासको मत लिने अस्थिरताविरुद्ध कांग्रेस र एमाले मिलेका हौं : रमेश लेखक

  शुक्रबार २८, असार २०८१ १४:०३

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने स्थिति अन्त्यको लागि एमालेसँग मिलेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने गरेको प्रस्तावपछि छलफलमा भाग लिँदै लेखकले यस्तो बताएका हुन् । 

‘१८ महिनामा पाँचौपटक विश्वासको मत लिनु स्थिरता हो ? ४० महिनामा यसरी विश्वासको मत लिँदै जाने हो त ? तीन–साढे तीन महिनामा विश्वासको मत लिनुपर्ने जिम्मा कसले लिने ? कांग्रेस र एमालेले लिने हो ?,’ लेखकले प्रश्न गर्दै भने, ‘तीन महिनामा विश्वासको मत लिन जान नपर्ने स्थिति अन्त्यको लागि कांग्रेस र एमालेको सहमति हो । यस्तो स्थितिको पुनरावृत्ति नहोस् भन्नेमा हामी सचेत छौं ।’


भ्रष्टाचार नियन्त्रण र सुशासन दिने दुई दलको अर्को सहमति रहेको उनले बताए । अर्थतन्त्रलाई सुधार, रोजगारी वृद्धिमा पनि अब बन्ने सरकारले प्राथमिकतापूर्वक काम गर्ने उनले बताए । 

संविधान संशोधन दुई दलको मात्रै इस्यु र विषय नभएको भन्दै उनले समयसापेक्ष परिमार्जन गर्न खोजेको प्रष्ट्याए । ‘संविधान बनेको ८ वर्ष बढी भइसक्यो । यो निर्जिव विषय होइन । 

संविधानको समीक्षा गर्ने, यसका राम्रा पक्ष, कमजोरी, जटिलता के छन् मूल्यांकन गरेर संविधान र कानूनको परिमार्जन गर्ने भएको हो । गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने हो,’ लेखकले भने, ‘यो दुई दलले मात्रै गने भनेको होइन । दलीय सहमतिमा नै गर्ने विषय हो ।

clock शुक्रबार २८, असार २०८१ १४:०३

प्रतिक्रिया