गोदावरी नगरपालिकाले प्रमाणबिना दियो २ करोड ६५ लाख

  शुक्रबार २८, असार २०८१ १३:४७

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले प्रमाणबिना नै २ करोड ६५ लाखभन्दा बढी रकम भुक्तानी गरेको फेला परेको छ। नगरपालिकाले कुनै प्रमाणबिना नै २ करोड ६५ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको हो। 

यसका साथै नगरपालिकाले पेश्कीवाफत थप २ करोड ९ लाख ४१ हजार भुक्तानी गरेको समेत फेला परेको छ। अहिलेसम्म नगरपालिकाले ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ पेश्कीवाफत बजेट बाँडेको पाइएको छ।

नगरपालिकाको आफ्नो आन्तरिक आम्दानी १५ करोड रुपैयाँ समेत पुगाउन सकेको छैन्। आन्तरिक आम्दानी घट्दै गएका बेला नगरपालिकाले प्रमाणबिना भुक्तानी दिने र पेश्कीबाफत समेत रकम बाँड्ने काम भने गर्दै आएको छ।

वार्षिक १५ करोड पनि आन्तरिक आम्दानी पुगाउन नसकेको गोदावरी नगरपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त बजेटको पनि उचित रुपमा व्यवस्थापन गर्न सकेको छैन्। गोदावरी नगरपालिकाको बेरुजू बढेर ४९ करोड २९ लाख ७ हजार नाघेको छ।

ऐननियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोतसाधनको प्राप्ति र उपभोग, बजेट व्यवस्थापन र राजस्व संकलन, सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृती एवं कार्यान्वयन, उपभोक्ता समितिलाई अनुदान वितरण, अनुगमन र सेवा प्रवाहलगायत विषयमा नगरपालिका चुकेको महालेखा परीक्षक तोयम रायाको भनाई छ । 

clock शुक्रबार २८, असार २०८१ १३:४७

प्रतिक्रिया