चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो, थप विवरण आउन बाँकी

  शुक्रबार २८, असार २०८१ ०६:५८

चितवन । भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।

सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । 

उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।

तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेक‍ो यात्रुबाहक बस रहेको जनाइएको छ ।

त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । 

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।

clock शुक्रबार २८, असार २०८१ ०६:५८

प्रतिक्रिया