कैलालीमा पावर टिलर वितरण गर्ने भन्दै करोडौँ ठग्ने तिन सहकारीका अध्यक्ष रिहा

  शुक्रबार २८, असार २०८१ ०६:४२

धनगढी । पावर टिलर बाँड्ने भन्दै किसानको करोडौँ रकम ठगी आरोपमा पक्राउ परेका तिन वटा सहकारी अध्यक्षहरु रिहा भएका छन् । किसानको रकम ठगी आरोपमा मगंलबार पक्राउ परेका कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी आज रिहा भएका हुन् ।ठगी मुद्धा नपरेपछि आज जिल्ला प्रहरी कार्यालय कैलालीले उनिहरुलाई छोडिएको हो।

किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको उनीहरूको विरुद्धमा ठगी मुद्‍दा चलाउन सकिने भएपनि उजुरी नपरेपछि समस्या भएको हो। माओवादी केन्द्रको लेटर प्याडमा भने उजुरी आएको थियो। तर, कैलाली प्रहरीले पीडितहरूबाट उजुरी आउनुपर्ने बताएको हो। यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको हो।

जिल्लाको कैलारी गाउँपालिकाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै ति सहकारी मार्फत करोडौँ रुपयाँ सकंलन भएको बताइएको छ । कैलारीका विभिन्न वडाका किसानबाट जनही ६६ हजार २५० देखि एक लाख २५ हजारसम्म रकम असुल गरिएको थियो। बाल सशक्तीकरण नेपालले मात्रै एक सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा सङ्कलन गरेको छ।

रसिद तथा बैँक भौचर केही पनि प्रमाण नदिएर सहकारीहरूले रकम असुलेको पीडित किसानहरूले बताएका छन्। सहकारीहरूले विभिन्न एजेन्सीको हावाला दिएर अनुदाना पावर टिलर दिने भन्दै रकम असुलेका हुन्। असार सकिन लाग्दा समेत पावर टिलर उपलब्ध नगराएपछि किसानहरू ठगिको विषय बाहिरिएको छ। पीडितहरू कैलारी गाउँपालिकाको न्यायिक समितिमा गएका थिए।

clock शुक्रबार २८, असार २०८१ ०६:४२

प्रतिक्रिया