अत्तरियामा अनैतिक क्रियाकलाप : महिला पुरुषसहित होटेल सञ्चालक पक्राउ

  बुधबार २६, असार २०८१ २२:०२

अत्तरिया । कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न महिला पुरुषसहित होटेल सञ्चालक पक्राउ परेका छन् । 

मंगलबार राति गोदावरी नगरपालिका–२ नमस्ते गल्लीस्थित ‘कैलपाल सिगास होटल’ बाट सञ्चालकसहित ३ जना पक्राउ परेका हुन् । 

अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक पुरुष, एक महिला र होटेल सञ्चालक महिलालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

clock बुधबार २६, असार २०८१ २२:०२

प्रतिक्रिया