बूढानीलकण्ठमा देउवा-ओली भेट, के भयो कुरा ?

  बुधबार २६, असार २०८१ २१:५२

काठमाडौँ । नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता भएको छ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न दुवै नेताबीच भेटवार्ता भएको हो। 

बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी रहेका थिए। बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बताइएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

तर नयाँ सत्ता समीकरणमा जाने निर्णय भएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

भेटमा ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउनेलगायतका विषयमा छलफल भएको बताइएको छ।

clock बुधबार २६, असार २०८१ २१:५२

प्रतिक्रिया