धनगढीमा २ कम्पनीको बदमासी, भराइयो ३६ लाख जरिबाना

  बुधबार २६, असार २०८१ २१:४७

धनगढी । कैलालीको धनगढीमा २ कम्पनीले गरेको बदमासी बाहिर आएको छ। कर छली गर्ने दुई कम्पनीलाई कारबाही गरिएको छ।

आन्तरिक राजस्व कार्यालय कैलालीले कर छली गर्ने दुईवटा कम्पनीलाई जरिबाना समेत गरेको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा दुई कम्पनीको कैफियत फेला परेपछि कारबाही गरिएको हो।

आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुले बताए। 

उनका अनुसार आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई चार लाख ३९ हजार जरिबाना गरिएको छ।

clock बुधबार २६, असार २०८१ २१:४७

प्रतिक्रिया