कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  बुधबार २६, असार २०८१ १४:५०

धनगढी । कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ का नन्दराम चौधरीको मृत्यु भएको हो। 

बुधबार सुदूरपश्चिम प्रदेश ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा ५ ख १४१० नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। गोदावरी–६ हरैयामा दुर्घटना भएको हो।

दुर्घटनामा गोदावरी–८ जमुनानगरका लेखकराज जोशी घाइते भएको इलाका प्रहरी कार्याल मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock बुधबार २६, असार २०८१ १४:५०

प्रतिक्रिया