गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

  बुधबार २६, असार २०८१ १०:३४

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले त्यहाँको राष्ट्रिय क्रिकेट टीमका नयाँ प्रमुख प्रशिक्षकमा पूर्व क्रिकेटर गौतम गम्भीरलाई नियुक्त गरेको छ ।

भारतीय टोलीले हालै टी–२० विश्वकप जिते लगत्तै निवर्तमान प्रशिक्षक राहुल द्रविडले राजीनामा दिनुभएको थियो ।

बीसीसीआइका सचिव जय साहले सोसल मिडिया प्लेटफर्म एक्समार्फत गम्भीरलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिनुभएको हो ।

उहाँले सो पोष्टमा लेख्नुभएको छ, ‘म निकै खुशीसाथ गौतम गम्भीरलाई भातीय क्रिकेट टीमको हेड कोचका रूपमा स्वागत गर्छु । आधुनिक क्रिकेट तीव्र गतिमा बदलिइरहेको छ । गौतमले बदलिँदो यो परिद‍ृश्यलाई नजिकबाट नियालेका छन्‌ ।’

गम्भीर सन्‌ २०१९ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका थिए । उनी पूर्वी दिल्लीबाट सांसद्‌ पनि चुनिनुभएको थियो । गम्भीरले आगामी तीन वर्षसम्म भारतीय क्रिकेट टोलीलाई प्रशिक्षण दिनुहुनेछ ।

clock बुधबार २६, असार २०८१ १०:३४

प्रतिक्रिया