सेती अस्पतालमा बिरामीका सामान चोर्ने ३ जना पक्राउ

  बुधबार २६, असार २०८१ ०७:२६

धनगढी । सेती प्रादेशिक अस्पतालमा बिरामीका सामान चोर्ने ३ जना पक्राउ परेका छन् । अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित ३ जनालाई पक्राउ गरिएको हो । 

चोरीमा संलग्न ५ जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ।

१ जना महिलाले अस्पतालमा खसेको पैसा लगेकोमा फिर्ता गरेकी छन भने अर्का १ जना साइकल चोरी गर्ने व्यक्तिको हुलिया पत्ता लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।

यस्तै जेठ २९ गते १ जनाले अस्पतालमा खसेको पैसा लगेको सिसिटिभीमा देखिएपछि उनलाई सम्पर्क गरेर पैसा फिर्ता गराएर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ।

जेठ २५ गते अस्पतालमा चोरी गर्ने २ युवती पक्राउ परेका छन्।

clock बुधबार २६, असार २०८१ ०७:२६

प्रतिक्रिया