कैलाली चेम्बरको अध्यक्षमा प्रमोद अधिकारी चयन

  बुधबार २६, असार २०८१ ०७:२४

अत्तरिया । कैलाली चेम्बर अफ कमर्सको अध्यक्षमा प्रमोद अधिकारी चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो विशेष साधारण सभाबाट अध्यक्षमा अधिकारी चयन भएका हुन । यस अधि जिल्ला अध्यक्षमा विनोद मल्ल गरेका थिए ।

साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा वंशीराम चौधरी ‘स्माईल’, महासचिव सन्तोष लामिछाने, कोषाध्यक्ष नीरज कार्की र सचिवमा शान्ति ठगुन्ना चयन भएका छन् ।

यस्तै सदस्यमा लोकराज उपाध्याय चयन भएका छन् । बाँकी ४ जना सदस्य नवनिर्वाचित कार्यसमितिले चयन गर्ने जनाइएको छ । समितिको कार्यकाल २ वर्षको हुने गरेको छ ।

clock बुधबार २६, असार २०८१ ०७:२४

प्रतिक्रिया