कैलालीमा अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु

  बुधबार २६, असार २०८१ ०७:२०

धनगढी । कैलालीमा अचेत अवस्थामा भेटिएको २ पुरुषको मृत्यु भएको छ । कैलालीको लम्कीचुँहा नगरपालिकाका छुुट्टाछुटै स्थानमा मंगलबार अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु भएको हो ।

लम्कीचुहा नगरपालिका – ३ खैरेनि स्थित रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरमा नाम, थर नखुलेका ५५र५६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका – ५ का ५०र५१ वर्षीय सागर विक बाटोमा अचेत अवस्थामा फेला परेका थिए ।

दुवैजनालाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उद्दार गरी स्थानीय अस्पतालमा लगेपछि दुवैजनालाई डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छ ।

clock बुधबार २६, असार २०८१ ०७:२०

प्रतिक्रिया