भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा स्थगित

  बुधबार २६, असार २०८१ ०५:५७

काठमाडौं । नयाँ दिल्ली–भारी वर्षाका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्था बन्द भएका छन् भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।

भारी वर्षापछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्र जलमग्न भएका छन् । 

वर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मङ्गलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् व्यवस्थापन  बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ ।

यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।  

clock बुधबार २६, असार २०८१ ०५:५७

प्रतिक्रिया