कैलालीका बिभिन्न स्थानबाट ५ फरार प्रतिबादी पक्राउ

  मङ्गलबार २५, असार २०८१ ०७:०१

धनगढी   । कैलालीबाट बिभिन्न मुद्धाका फरार ५ प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले बिभिन्न मितीमा कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका उनिहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागू औषध मुद्दामा ४ महिना १२ दिन कैद सजाय तोकिएर फरार भएका टीकापुर नगरपालिका १ बस्ने २६ बर्षिय रोशन सुनार, सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएर फरार भएका टीकापुर १ कै ४० बर्षिय रोमी साउद रहेका छन् ।

यस्तै लागू औषध मुद्दामा ४ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएर फरार रहेका बर्दियाको गुलरिया नगरपालिका बस्ने १९ बर्षकी मुस्कान बिक, चोरी मुद्दामा १४ हजार १ सय जरिवाना तोकिएर फरार रहका लम्कीचुहा नगरपालिका ५ बस्ने २१ बर्षको प्रकाश बिक र जुवातास मुद्दामा ३०० जरीवाना तोकिएर लम्कीचुहा – १ का ४६ बर्षिय केसर बोगटीलाई पक्राउ गरेको हो ।
 

clock मङ्गलबार २५, असार २०८१ ०७:०१

प्रतिक्रिया