बाढीले कन्चनपुरको चौधर नदीको नहर फुट्यो, बेलडाँडी र बेलौरीका बस्ती जोखिममा

  सोमबार २४, असार २०८१ १०:०२

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी स्थिति चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ ।

बेलडाँडी गाउँपालिका – ५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो ।

नहर फुटेपछि चौधर नदीको पानी बस्तिमा पसिसकेको महाकाली सिचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीम बहादुर थापाले बताए ।

अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी , खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन ।

थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो ।

clock सोमबार २४, असार २०८१ १०:०२

प्रतिक्रिया