कैलालीको मोहना र कर्णालीको जलसतह बढ्दो, सतर्कता अपनाउन प्रशासनको अनुरोध

  सोमबार २४, असार २०८१ ०८:१७

धनगढी । कैलालीका नदीहरुमा जल सतह बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। जिल्लाको कर्णाली र मोहना नदीमा जल सतह बढ्न थालेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जल सतह ३ मिटर पुगेको जनाएको छ। सो नदीको सतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेकोले नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाई राख्न अनुरोध गरेको छ।

यस्तै, कर्णाली नदी चिसापानी जलमापन केन्द्रले कर्णालीले सतर्कता तह पार गरेको जनाएको छ। हाल जल सतह १० मिटर सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले कैलाली र बर्दियाको नदी तटीय क्षेत्रमा रहेकाहरुले सतर्कता अपाउन प्रशासनले अनुरोध गरेको छ।

clock सोमबार २४, असार २०८१ ०८:१७

प्रतिक्रिया