कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ

  शनिबार २२, असार २०८१ १२:२८

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषध सहित प्रहरीले ३ जना पक्राउ परेका छन् । शुक्रबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइन सहित जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका – ३ घर भई हाल भीमदत्त नगरपालिका – ४ बसपार्क स्थित कोठा गरि बस्ने बर्ष २८ को सुजल खड्का र उनकै कोठामा बसिरहेका भीमदत्त नगरपालिका–६ का २९ वर्षीय गणेश बिक, भीमदत्त नगरपालिका – १५ का २७ वर्षीय प्रकाश भण्डारी रहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद रुपमा बसिरहेको अबस्थामा खान तलासी गर्दा प्रकाश भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जनाएको छ ।

clock शनिबार २२, असार २०८१ १२:२८

प्रतिक्रिया