धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिए

  शनिबार २२, असार २०८१ ०९:४१

धनगढी । धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिएको छ। धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक एक हजार ७९५ बिरुवा रोपेको हो।

“हरियाली धनगढी“ अभियान अन्तर्गत क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिरसम्मको सडक मेडियनमा वृक्षारोपण गरिएको हो। 

नगर उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षरोपणको उद्घाटन गरेका हुन्। 

वृहत् वृक्षारोपण गर्न विभिन्न वडा वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह तथा सर्वसाधारणले वृक्षारोपण गरेका हुन्।

clock शनिबार २२, असार २०८१ ०९:४१

प्रतिक्रिया