धनगढीमा आत्महत्या रोकथाम सम्बन्धी तालिम सुरू

  शुक्रबार २१, असार २०८१ १४:४८

धनगढी । धनगढी मा आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम सुरू भएको छ। धनगढी उपमहानगरपालिकाको १९ वडामा कार्यरत स्वास्थ्यकर्मीका लागि शुक्रवार दुई दिने तालिम सुरू भएको हो।

वर्ल्ड लिङ्कको आर्थिक सहयोगमा साइकडेस्क फाउन्डेसनले तालिम आयोजना गरेको हो। वर्ल्ड लिङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीमा स्वास्थ्यकर्मीका लागि आत्महत्या रोकथाम सम्बन्धी तालिम आयोजना गरिएको हो।

दुई दिनसम्म चल्ने तालिमले स्वास्थ्यकर्मीलाई मनोपरामर्श दिन सक्षम बनाउने प्रमुख प्रशिक्षक प्राध्यापक डाक्टर नरेन्द्र ठगुन्नाले बताए।

तालिमको उद्घाटन गर्दै धनगढीका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले तालिम पश्चात् स्वास्थ्यकर्मीलाई मनोपरामर्श दिन सहज हुने बताए। उनले तालिमले स्वास्थ्यकर्मीलाई व्यक्तिमा रहेको मनोवैज्ञानिक समस्या बुझ्न सजिलो हुने विश्वास गरेकी छन्।

कार्यक्रममा बोल्दै कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले मानसिक समस्याका कारण कैलालीमा आत्महत्या गर्ने दर उच्च रहेको बताए। उनले मानसिक समस्या भोग्नेमा महिला भन्दा पुरुषको संख्या अधिक रहेको बिष्टले बताए।

clock शुक्रबार २१, असार २०८१ १४:४८

प्रतिक्रिया