सशस्त्र प्रहरीले माग्यो ४८ जना इन्स्पेक्टर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

  शुक्रबार २१, असार २०८१ ०८:२३

काठमाडौँ । सशस्त्र प्रहरील बल नेपालले विभिन्न पदमा अधिकृत स्तर (सशस्त्र प्रहरी निरीक्षक) का पदहरूमा ४८ जना कर्मचारी माग गरेको छ ।

आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका व्यक्तिले आगामी साउन २० सम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

clock शुक्रबार २१, असार २०८१ ०८:२३

प्रतिक्रिया