कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीयको धर्ना

  बिहिबार २०, असार २०८१ ०८:३९

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीयले धर्ना दिएका छन्। बेलौरी भन्सार सडक निर्माणमा ढिलाई गरिएको भन्दै बेलौरी नगरपालिकाको कार्यालयमा स्थानीयले बुधवारदेखि धर्ना दिएका हुुन्।

बेलौरी बजारदेखि नेपाल भारत सीमा सम्म करिब ४ किलोमिटर सडकको डिपिआर तयार भइसक्दा समेत सडक निर्माणमा पालिकाले चासो नदेखाएकोले धर्नामा बस्नु परेको सडक संघर्ष समितिका संयोजक केशवराज जोशी बताए। 

संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्ना बस्नुपरेको संयोजक जोशीले जानकारी दिए।

सडक निर्माणका लागि संघर्ष समितिले पालिका नगरप्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ। 

२०७८ सालमा भन्सार रोडको डिपिआर तयार भैसकेको छ। प्रदेश सरकारलाई ज्ञापन पत्र बुझासकेको र उक्त सडक निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कसर नराख्ने नगरप्रमुख चौधरीको भनाई छ।

clock बिहिबार २०, असार २०८१ ०८:३९

प्रतिक्रिया