सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ

  बिहिबार २०, असार २०८१ ०७:४५

दिपायल । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानीको विषय पुनर्विचार गर्न सकिने बताएका छन् ।  

नेपाल पत्रकार महासङ्घ डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजधानीको संरचना बनीनसकेको अवस्थामा संसद्ले राजधानीको विषय पुनर्विचार गर्न सकिने बताए ।

“अन्य प्रदेशमा राजधानीको टुङ्गो लगाउनेदेखि संरचना निर्माण गर्ने काम हुँदै छ’’, उनले भने,“तर, सुदूरपश्चिम सरकारले तोकेको ठाउँमा राजधानी बन्ने नबन्ने कुरा अझै टुङ्गो लाग्न सकेको छैन । संसद्ले गोदावरीमा निर्णय गरेको भन्ने कुरा सुनियो तर, काम अघि बढ्न सकेको छैन । यो हाम्रो दुर्भाग्य हो ।”

सुरुमा साबिकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमानै राजधानी राख्ने भनेर उच्च अदालत पनि यतै राखिएको प्रदेश प्रमुख मियाँले बताए ।

राजधानी तोक्ने विषयमा जनताले चुनेका व्यक्तिले निर्णय गर्ने अधिकार रहेको बताउँदै प्रदेश प्रमुख मियाँले त्यसमा पुनर्विचार गर्न सकिने बताए ।

संविधान संशोधनका विषयमा सञ्चारकर्मीले राखेको प्रश्नमा मियाँले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताए ।  

clock बिहिबार २०, असार २०८१ ०७:४५

प्रतिक्रिया