धनगढीको ब्ल्याकस्टोन कटेजमा यौनधन्दा, धनगढी र बाजुराकी २ किशोरी सहित ४ जना पक्राउ

  बुधबार १९, असार २०८१ १४:५६

धनगढी । धनगढीमा यौनधन्दामा संलग्न चार जना पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका ७ मनेहरास्थित ब्ल्याकस्टोन कटेजबाट उनीहरुलाई पक्राउ गरिएको हो। 

हिजो (मंगलबार) राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको कमाण्डमा खटिगएको टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। 

पक्राउ पर्नेहरूमा बर्दिया, ठाकुरबाबा नगरपालिका-१ का ४५ वर्षीय पुरुष, कञ्चनपुर, भीमदत्त नगरपालिका-१० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीया महिला र, धनगढी उप-महानगरपालिका-१८ की १८ वर्षीया महिला रहेका छन्।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ र थप अनुसन्धान कार्य भइरहेको छ।

clock बुधबार १९, असार २०८१ १४:५६

प्रतिक्रिया