कैलालीमा भारी वर्षा, कस्तो रहला देशभरको मौसम ?

  बुधबार १९, असार २०८१ ०७:००

कैलालीमा भारी वर्षा, कस्तो रहला देशभरको मौसम ? 
धनगढी । कैलालीमा गएराति भारी वर्षा भएको छ । भारी वर्षासँगै जिल्लाको ​कान्द्रा नदीको जलसतहले सतर्कता तह पार गरेको पहलमानपुरस्थित जलमापन केन्द्रले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

कैलालीसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र मधेश, प्रदेशका थोरै स्थानमा  हाल मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आज राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती  र  गण्डकी प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

clock बुधबार १९, असार २०८१ ०७:००

प्रतिक्रिया