सरकार फेरिने संकेतलाई थप बल : एमाले मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट

  सोमबार १७, असार २०८१ १८:२७

काटमाडौँ । वर्तमान सरकार परिवर्तन हुन सक्ने चर्चाका बीच हालको सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बालकोट डाकेका छन् । ओलीले साँझ मन्त्रीहरूलाई बोलाएका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण हुन सक्ने संकेतलाई यसले थप बल दिएको छ । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको सम्भावनाको चर्चा भइरहेको हो ।

clock सोमबार १७, असार २०८१ १८:२७

प्रतिक्रिया