कैलालीमा एक महिलाको शव फेला

  सोमबार १७, असार २०८१ १३:०४

धनगढी । कैलालीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका–७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव आज (सोमवार) फेला परेको हो।

चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाई गरेको खेमराज ढुङ्गानाको खेतबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको छ। 

clock सोमबार १७, असार २०८१ १३:०४

प्रतिक्रिया