कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु

  सोमबार १७, असार २०८१ ०७:५०

धनगढी । कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–४ “के” गाँउ बस्ने ४० वर्षीय देवल चौधरीको आइतवार मृत्यु भएको हो।

चौधरी आफैँले चलाएको चम्पा ट्याक्टर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोक्किएर घाटीमा चोट लागेपछि गम्भिर घाइते भएका थिए। 

उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

clock सोमबार १७, असार २०८१ ०७:५०

प्रतिक्रिया