सुदूरपश्चिम सहित यी क्षेत्रमा भारी वर्षाको सम्भावना

  सोमबार १७, असार २०८१ ०६:०९

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । 

देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी,बागमती र गण्डकी प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ ।

धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

मंगलबार देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

clock सोमबार १७, असार २०८१ ०६:०९

प्रतिक्रिया