कैलाली मोडलले विद्यालयमा अध्ययनरत छात्राछात्रलाई आत्मारक्षा तालिम दिदै

  आइतबार १६, असार २०८१ २२:०३

धनगढी । कैलाली मोडेल माध्यामिक विद्यालयले छात्रछात्रालाई आत्मारक्षा तालिम दिन  थालेको छ।

उक्त विद्यालयले आठ महिना अघी देखी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ हितका निम्ति पुर्ण रूपमा निशुल्क तेक्वान्दो प्रशिक्षण दिदै आईरहेको छ।

फेरी आज (आइतवार) कक्षा १२ का छात्राछात्रहरुलाई ७५/८० जनाको समुहलाई आत्मारक्षा सम्बन्धि ५ दिने तालिम सुरुवात गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिका–४ का अध्यक्ष बुद्धिबहादुर खड्का रहेका थिए। उनले आत्मरक्षा तालिम अहिले सम्म कुनै पनि निजि विद्यालय नगरेको र आज को समयमा एकदमै आवश्यक भएको बताए।

कैलाली मोडेल माध्यमिक विद्यालयका प्राचार्य तपेन्द्रबहादुर सिंहका अनुसार विद्यालयले विद्यालयमा अधयनन गर्ने बालबालिकाहरु लाई समेत खेल खेल्नमा कुनै रोक टोक न गरेको र तेक्वान्दो खेल पुर्ण रूपमा निशुःल्क गरेको बताए।

आजको आवश्यकता शरीर नै रहेकोले अझ छोराहरभनदा छारीहरुको लागि आत्मरक्षा तालीम बढी आवश्यक रहेको बताए।

clock आइतबार १६, असार २०८१ २२:०३

प्रतिक्रिया