कैलालीमा ‘जड्याहा’ सई खड्का प्रहरी फन्दामा

  आइतबार १६, असार २०८१ ०७:५६
सादा पोशाकमा रहेका सई अशोक खड्का

धनगढी । कैलालीमा प्रहरीकै एकजना सई प्रहरीको नियन्त्रणमा छन्। कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार बेलुका उनलाई नियन्त्रणमा लिइएको र अहिले उनको स्वास्थ्य जाँच भैरहेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले  जानकारी दिए।

उनका अनुसार खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि उनलाई नियन्त्रणमा लिएको हो। सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ।

 सादा पोशाकमा रहेका ईन्चार्ज खड्का

clock आइतबार १६, असार २०८१ ०७:५६

प्रतिक्रिया