मदन भण्डारी स्पोर्टस् एकेडेमीको सुदूरपश्चिम संयोजकमा बडेला मनोनीत

  आइतबार १६, असार २०८१ ०७:२६

धनगढी । मदन भण्डारी स्पोर्टस् एकेडेमीको सुदूरपश्चिम प्रदेश संयोजकमा कुमार बडेला मनोनीत भएका छन्। 

नेकपा एमाले कैलालीका युवा नेतासमेत रहेका बडेला एकेडमीको प्रदेश संयोजकमा मनोनीत भएका हुन्।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बडेलालाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए। 

एकेडेमीको गत महिना १५ गते काठमाण्डौमा सम्पन्न केन्द्रिय कमिटिको निर्णयानुसार बडेलालाई प्रदेश संयोजकको रुपमा मनोनीत गरिएको उनले बताए।

सो एकेडेमी “सबैका लागि खेलकुद’ भन्ने नारासहित २०६६ पौस १७ गतेका दिन स्थापना भएको थियो।

clock आइतबार १६, असार २०८१ ०७:२६

प्रतिक्रिया